दफा ३०
अधिकार प्रत्यायोजन
– (१) समितिले यस ऐन बमोजिम आफु लाई प्राप्त अधिकारमध्ये केही अधिकार आवश्यकता अनुसार कुनै सदस्य, दफा १६ बमोजिम गठित उपसमिति वा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) अध्यक्षले यस ऐनबमोजिम आपूलाई प्राप्त अधिकारमध्ये केही अधिकार आवश्यकता अनुसार उपाध्यक्षलाई प्रदान गर्न सक्नेछ ।
(३) कार्यकारी निर्देशकले यस ऐनबमोजिम आपूmलाई प्राप्त अधिकारमध्ये केही अधिकार आवश्यकता अनुसार कोषको कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।